बाग्लुङका मृगौला पिडित रेशमको आग्रह – म बाँचेर यो संसार देख्न चाहान्छु, हजुरहरुले सहयोग गर्नु भयो भने त्यो सम्भव छ

रमेश सेन्चुरी/साउन – बागलुङका एक मृगौला पिडित ब्यक्तिले उपचारका लागि सहयोगको अपिल गरेका छन् ।

पुरानो वानपा ७ भिरामुनी र हालको बसाई बा।न।पा ४ गैराबारी बागलुङ निबासी रेशम बहादुर विश्वकर्माको दुबै मृगौलाले काम गर्न छाडेपछि सहयोगको लागि अपिल गरेका छन् ।

उनको २०६७ सालमा दुबै मृगौलाले काम गर्न छाडेपछि रेशमको मृगौला प्रत्यारोपण गरिएको थियो । रेशमकी आफ्नै दिदी सुनिता विश्वकर्माले उनलाइ मृगौला दिएकी थिइन । तर लामाे समय पछि उनलाइ फेरी समस्या बल्जीएकाे छ ।

२०६६ सालमा मृगौला फेल भएपछि दिदीको मृगौला प्रत्यारोपण गरेका रेशमको पुनं १० बर्ष पछि फेरी मृगौलाले काम गर्न छोडे पछि जीवन रक्षाको लागि सबैलाई सहयोगको याचना गरेका छन् ।

विश्वकर्माको मृगौला प्रत्यारोपण र डायलासिसका लागी मात्र हाल सम्म १ करोड बढि खर्च भैसकेको र अव जायजेथा सबै सकिएकाले देश तथा बिदेशमा रहेका नेपालीहरुबाट सहयोगको अपेक्षा गरेको पिडित विश्वकर्माले गहभररी आँसु झार्दै नेपाली माठोसंग दुख ब्यक्त गर्नु भयो ।

यसपटक मृगौलाको खराबीले स्वास्थ्यमा समस्या आएपछि टिचिङ्ग अस्पताल काठमाण्डौ पुगेका रेसमलाई पुनं मृगौला प्रत्यारोपण गर्न डाक्टरले सुझाव दिएका छन् । उनले भने, यसको लागि अत्यन्त महंङ्गो उपचार खर्च लाग्ने भएकाले सहयोगको याचना गरिएको हो । मृगौला प्रत्यारोपणका लागि तत्काल करिब २५ लाख रुपयाँको खर्च लाग्ने अनुमान गरिएको पीडितका परिवारको भनाई छ ।

यस पटक भने रेशमकी पत्नी चन्द्रकली विश्वकर्माले मृगौला प्रत्यारोपण गर्न दिने बताईएको छ आर्थिक अबस्था कमजोर भएकाले स्वदेश तथा बिदेशीमा भएका नेपाली दाजु भाइ दिदिबहिनीहरुलाई मिर्गौला पीडित रेशमको उपचार खर्च जुटाइदिनु हुन हार्दिक अनुरोध छ तपाईहरु सानो सयोगले कसैको नयाको जिवनको सुरुवात हुनेछ ।

सहयोगी मनहरुको लागी यो विवरण
खाता नम्बर – 0745750480489001

NIC Asia Bank Baglung Branch
Reshma Bahadur Bishwokarm
Number – Resham 9849830296