आज पनि रवि लामिछाने समर्थनमा उर्लियो जनसागर (फोटो फिचर)

चितवन । पत्रकार रवि लामिछाने र युवराज कँडेलको समर्थनमा आज पनि चितवनमा प्रदर्शन सुरु भएको छ । बिहीवार साँझ अनुसन्धानका लागि भनेर प्रहरीले अचनाक आएर पक्राउ गरी चितवन लगेपछि शुक्रवार (हिजो) बिहानदेखि नै उहाँका समर्थकहरुले चितवन जिल्ला प्रहरी कार्यालय अघि नाराबाजी गरेका थिए ।

तस्बिर : कृष्ण बाबु

उहाँको कार्यकक्षभित्र प्रवेश गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड मिचेर प्रहरीले पक्राउ गरेको भनेर समेत कयौँले उक्त प्रक्रिया उचित नभएको बताएका छन् ।

न्युज २४ टेलिभिजनबाट प्रशारण हुने चर्चित कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता रवि लामिछाने उहाँका सहकर्मी युवराज कँडेलसहित ३ जनालाई चितवन प्रहरीले बिहीवार पत्रकार शालिकराम पुडासैनीको आ त्मह त्या प्रकारणमा प क्राउ गरेको थियो ।