अफगानिस्तानको राजधानी काबुलमा एक विवाह समारोहमा बम वि*स्फोट भएको छ । विस्फोटमा ४० जनाकाे मृ*त्यु भएकाे छ । भने एक सय भन्दाबढी घाइते भएका छन् ।
प्रत्यक्षदर्शीका अनुसार एक आ*त्मघाती हमलाकारीले विवाह समारोहमा बम वि*स्फोट गराएका थिए।
बीबीसीका अनुसार राति २२ः४० बजे शहरको पश्चिम भागमा रहेको शिया मुस्लिम बहुल क्षेत्रमा उक्त वि*स्फोट भएको थियो।
तालिबान, इस्लामिक स्टेट समूह र सुन्नी मुस्लिम विद्रोहीहरूले अफगानिस्तान र पाकिस्तानमा रहेका शिया हजारा अल्पसङ्ख्यकहरूलाई बारम्बार निसाना बनाउने गरेका छन्।
काबुलको एक प्रहरी चौकीमा १४ जनाको ज्यान जाने र १५० जनालाई घाइते हुन गरी भएको विस्फो*टको १० दिनपछि हमला भएको छ।