तीज गीतलाई रविको समाचारले ब्रेक,युटुव भरि रविकै चर्चा हुन थाले पछि गीत सार्वजनिक क्रम न्युन

अहिले सामाजिक सञ्जाल रवि लामिछाने लगायत उनका सहकर्मीको खवरले तातिरहेको छ । यसो त अहिले मुलधारका बाहेक अरु सबै मिडियामा रविले प्रमुख स्थान पाएका छन ।

रविले कति महत्व पाइरहेका छन भन्ने कुरा डिजिटल माध्यम युउटुव हेर्न पनि सकिन्छ । उत्कृष्टको सूचिमा प्राय रविकै खवरले कब्जा जमाएका छन । नेपालका अधिकांश युउटुव पत्रकारहरु अहिले चितवन केन्द्रित भएर यस विषयको अपडेट गराइरहेका छन ।

कतिपय पत्रकारहरुले त रविको बाहेक अरु न्युजहरु पाठकको रोजाइमा नपरोको बताएका छन । प्राय ठुला मिडियाहरुमा समेत यो साता धेरै हेरिएको समाचारमा रविकै समाचार शिर्ष स्थानमा छन ।

यसले नेपाली सांगीतिक क्षेत्रमा समेत ब्रेक लगाइदिएको छ । नेपाली नारिहरुको महान पर्व हरितालिका तीजको अवसरमा पारेर धेरै गीतहरु सार्वजनिक हुने यो समयमा यो साता भने लगभग ठप्प जस्तै बनेको छ ।

लाखौं लगानी गरेर गीत सार्वजनिक गर्नु पर्ने तर स्रोता दर्शकको रोजाइ यो समय रविको विषयमा रहेको हुँदा गीत सार्वजनिक नभएको जानकारहरु बताउछन ।

लोकदोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष बद्रि पंगेनी पनि यो कुरामा सहमत हुनुहुन्छ । जति सार्वजनिक हुनु पर्ने हो त्यति नभएको बताउदै उहाँले ब्यवसायिक रुपमा समेत असर परेको बताउनु भयो । लाखौं लगानी गरेका गीत यो समयमा सार्वजनिक गर्दा दर्शकले त्यस प्रति कम चासो दिने भएको कारणले कलाकाहरुले सार्वजनिक नगरेको हुन सक्ने उहाँको भनाइ छ ।

यस्तै गायक तेजश रेग्मी पनि यो समयमा यस्तो घटनाले बजार तताइरहेको बताउदै गीत सार्वजनिक गर्ने कुरा चुनौंतिपुर्ण रहेको बताउनु हुन्छ ।

पछिल्लो समय दर्शक स्रोताको रोजाई यस तर्फ गइरहेको तर गम्भीर विषयमा त्यति चर्चा नभएको प्रति जानकाहरुलेनै चिन्ता ब्यक्त गरिरहेका छन । यसो त विगतको तुलनामा यो बर्ष तीज गीतको संङख्या निकै घटेको छ त्यस माथी यस्ता घटनाक्रमहरुले समेत असर गरिरहको छ ।