लोकप्रिय नायिका रेखा थापाको आज जन्म दिन । जन्म दिनको शुभकामना,को हुन् त रेखा ?

नायिका रेखा थापाको आज जन्म दिन जन्म दिनको शुभकामना,को हुन् त रेखा ?

नेपाली चलचित्रकी लोकप्रिय नायिका रेखा थापाको आज जन्म दिन । जन्म दिनको अवसरमा हाम्रो तर्फबाट धेरै धेरै शुभकमना ।

रेखा थापाको जन्म विसं २०३९ भाद्र ५ भएको हो । नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् थापा ।

मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् ।

हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी रेखाको धेरै शुभचिन्तक र प्रशंसक रहेका छन ।

सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् । दर्जनौ सुपरहिट चलचित्र “काली” र “हिम्मतवाली” पछि २०७० चैत-२६ मा चलचित्र “रामप्यारी” लिएर आएकि थिइन् ।