रविलाई जस्तै जेल हाल्ने भए आधा जनसंख्या जेल पर्छन् – दिपक राज गिरि !

काठमाडौँ / चर्चित हाँस्यकलाकार दिपक राज गिरिले मर्ने कसैलाइ रहर नहुने हुँदा आफ्नै ज्यान लिनु पछाडी केहि न केहि कारण हुने बताएका छन्।

बुधबार बिहान सामाजिक संजाल फ्सेबुक मार्फत एक स्ट्याटस अपडेट गर्दै मानिस कहि न कहि ,कतै न कतै , कसै न कसैसँग चित्त दुखाएकै कारणले आफ्नो ज्यान लिने गरेको उल्लेख गरेका छन्।

तर आफ्नै ज्यान लिन प्रेरित गरेको भन्दै जेल हाल्ने हो भने देशको आधा जनसंख्या जेलमा उनले गिरिको तर्क छ। “प्रेरित गर्ने मान्छे लाइ जेल हाल्ने भए आधा जनसंख्या त जेलमा हुन्छ।”,गिरिले लेखेका छन्।

पत्रकार शालिग्राम पुडासैनी प्रकरणमा प्रहरीले रवि लामिछाने सहित ३ जनालाई पक्राउ परेको अवस्थामा गिरिले केहि दिन अगाडी सत्य तथ्य पत्ता लाग्ने गरी अनुसन्धान गर्नुपर्ने बताएका थिए।

उनले पनि केहि वर्ष अगाडी यस्तै घटनाको आरोप खेपेका थिए। यस्तो आरोप लाग्दा कति पीडा हुन्छ भन्दै रविको अबस्था आफुले पनि अनुमान गर्न सक्ने बताएका थिए।

“आ त्म ह  त्या गर्न बाध्य पार्ने आरोप लाग्दा कति पिडा हुन्छ भन्ने अनुभब मलाइ छ। निन्द्रा बिनाका धेरै रातहरू बिताएको छू। त्यसैले रबि जीको अबस्था पनि अनुमान गर्न सक्छू। सत्य जितोस्, असत्य हारोस्।”,उनले लेखेका थिए।

जिल्ला अदालत चितवनले संचारकर्मी रवि लामिछाने सहित ३ जनालाई थप ५ दिन हिरासतमा राख्न आदेश डिसकेको छ। पुडासैनीको रहस्यमय निधनको विषयमा अनुसन्धान गर्न भन्दै प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको ५ दिन बितिसकेको अवस्थामा पुन २० दिन थप गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय चितवनको मागमा अदालतले हाललाई ५ दिन थपेको हो ।

चर्चित र गम्भीर प्रकृतिको घटना रहेको हुँदा प्रहरीले यस प्रकरणको संयमित हुँदै अनुसन्धान गरिरहेको छ। यस घटनाको अनुसन्धानकै लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलि चितवनमै छ।

लामिछानेका समर्थकहरूले दिनहुँ जस्तो चितवन सहित देशमा विभिन्न स्थानहरुमा प्रदर्शन गरिरहेका छन्।