विदेशको भुमिमा भएर पनि निरन्तर संगीत कर्ममै किरण,नयाँ तीज गीत दर्शकलाई कोशेली

नेपाली भुमि छाडेर विदेशको भुमिका पसिना बगाइरहका धौलागिरीका युवाहरु किरण दिप र शिव अखेलीको सिर्जना तीज गीत भर्खर मात्र सार्वजनिक भएको छ ।

विदेशमा रहेर पनि निरन्तर गीत संगीतमा आफ्नो कलम खरो चलाउने सर्जक शिव अखेलीको उत्कृष्ट शब्द तथा किरण दिपको उत्कृष्ट लय सिर्जना रहेको सो गीतमा किरण दिप र पुर्णकला विसीको आवाज रहेको छ ।

गीतले तीजकै भावना समेटेको छ । विदेशमा रहेर गीत निकाल्नु निकै चुनौतिपुर्ण काम हो यो गीतमा कलाकाहरुले निकै मेहनत गर्नु भएको छ ।

गीतको म्युजिक भिडियो समेत पोर्चुगलमा निमार्ण गरिएको छ । गीतको म्युजिक भिडियो निर्देशन शम्भु शिलवालले गरेका छन भने सञ्जय लामा र मनु अभिनय रहेको छ ।

गीतलाई पुर्ण सफलताको कामना सहित सो गीतको पुरै म्युजिक भिडियो यहाँहरुको लागी