रविको ग्रहदशा का ट्न ज्योतिष लिएरै प्रहरी हिरा सतमै पुगिन् निकिता, दीपाश्रीको आँखाभरि आँशु

हिरासतमा रहेका पति रवि लामिछानेको ग्रहदशा कटोस् भन्दै पत्नी निकिता पौडेल काठमाडौंबाटै ज्योतिष लिएर भरतपुर पुगेकी छन् । शनिबार नै भरतपुर पुगेकी उनले बाहिर मन्दिरमा रविको ग्रहदशा हटोस् भन्दै पूजापाठ गराएकी हुन् ।

पूजापाठ गरेपछि निकिता प्रहरी हिरासतमा रहेका रविलाई भेट्न ज्योतिषलाई पनि सँगै लिएर गएकी थिइन् । ज्योतिषले रविलाई टीका र चन्दन लगाइदिएको बताइन्छ । केही समय रविसँगे भेटेर दुवै बाहिरिएका थिए ।

भदौमै रविको जन्मदिन पर्छ । रविलाई अहिले साढे सातको दशा लागेकाले पनि मु द्दा मामिला लाग्न सक्ने ज्योतिषहरूले भविष्यवाणी गर्दै आएका छन् । सोही कारण निकिताले ज्योतिषलाई लिएर रविकहाँ पुगेकी हुन् ।

यस्तै, रविलाई भेटेर फर्किंदा कलाकार निर्देशक दीपाश्री निरौलाको आँखाभरि आँशु देखिएको थियो । उनी बाहिर सञ्चारकर्मी र भित्र रविलाई भेट्दा पनि रोएकी थिइन् ।

रविलाई भेट्न भनेर आइतबार बिहानै कलाकारहरू दीपकराज गिरी, निर्मल शर्मा, दीपाश्री निरौला, केदार घिमिरे, अनुराग कुँवर, रमेश उप्रेतीलगायत भरतपुर पुगेका थिए । उनीहरू अहिले काठमाडौं फर्केका छन् ।