सोलुखुम्बुकि प्रतिभा राईले जितिन् मिस २०१९ को उपाधी

काठमाण्डौ / सोलुखुम्बु कि प्रतिभा रानी राईले यस वर्षको ’मिस टिन अफ दि इयर’ को उपाधी जितेकी छिन । अन्य ६ जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रतिभा राईले उपाधी सहित ’युट्ब मोस्ट भ्युज र मिस ट्यालेन्ट’ विधाको सबटाइटल समेत जितेकी छिन् ।

सोलुखुम्बु जिल्लालाई प्रतिनिधित्व गर्दै अडिसन दिएकि राईले मिस टिनको उपाधी उचाल्न पाउँदा आफ्नो मात्र नभएर जिल्लाको नाम समेत राख्न सकेको बताएकी छिन् । उनले ताजलाई सबै भन्दा ठूलो उपलब्धि रहेको बताउदै करियरको मुख्य हतियारको रुपमा लिएको बताइन् ।

रिवन इन्टरटेनमेटले आयोजना गरेको सो प्रतियोगितामा नेहा धिताल फस्ट रणरअप र शृविना राई सेकेन्ड रणरप बन्न सफल भए। साथै पब्लिक चोइस को सबटाइटल पनि नेहा धितालले जितेकी छिन ।

यस्तै बेस्ट स्माइलको सबटाइटल प्रास्न राईले, बेस्ट हेयरको सबटाइटल नेहा खातुन, बेस्ट स्किनको सबटाइटल साम्राज्ञि पोखरेल, नेहा धितालले मोस्ट फोटो जर्नी र बेस्ट डान्सको सबटाइट्ल सलिना राईले जितेकी छिन् ।

यो प्रतिस्पर्धामा छिरिङ डोमा सुर्य चन्द, आभास लाप्सा, भुषण श्रेष्ठ मूल्याकंनकर्ताको रूपमा थिए ।