खिस्स हास्ने छोरोसँग जापानमा रहेका नेपालीहरुले तीजमा रमाइलो गर्ने

थोरै तर दमदार प्रस्तुती दिएर लोकप्रिय बनिरहेका गायक तथा कुशल सर्जक रोशन गैरे तीज विशेष कार्यक्रमको लागी जापान पुगेका छन ।

यो बर्षको उनको तीज गीत खिस्स हास्ने छोरो निकै चर्चामा रहेको छ भने अन्य दर्जनौं सुपर हिट गीत छन रोशनका ।

सुर्य खड्का,रोशन गैरे,सोना केसी र अमृता श्रीपाली,दुर्गेश कार्की,सुनिता दुलाल र मोतिराम भण्डारीले कार्यक्रमा धमाका मच्चाउने छन ।

गैरे सेवा समाज जापानले आयोजन गरेको सो कार्यक्रम यहि अगष्ट २७ तारिक फुकुसिमा रेसिडेन्ड सेन्टरमा हुने छ ।