छुटे पछि पहिलो पटक रबि लाइभमा,भावुक हुँदै भने हजुरहरूको शिर झुक्न दिने छैनौं ।

रिहा भए पछि रबि ले सामाजिक संजाल फेसबुक मा बोल्दै न्यायको लागि लड्ने सबैलाई धन्यवाद भनेका छ ।

साथै भोलि चितवनमा विशेष कार्यक्रम गर्ने तयारी समेत रहेको बताएका छन् । सोही अवसरमा बोल्दै युवराज कँडेलले पनि भावुक हुँदै सबैलाई धन्यवाद व्यक्त गर्नु भयो ।

रबि छुटे पनि उनले कार्यक्रम चलाउन पाउने की न पाउने भन्ने कुराले शुभचिन्तक लाई पिर परेको छ ।

केहीले यो विषयमा समेत भ्रामक कुरा राखे पछि सबैलाई चिन्ता बढेको हो । खासमा अदालतले यो भनेको छ कि रबीले सीधा कुरा चलाउन पाउने छन् तर यो। विषयलाई भने कार्यक्रम राख्न पाउने छैन । साथै यसको फैसला नहुँदा सम्म विदेश जान अदालतको अनुमति लिनु पर्ने छ ।
पत्रकार शालिकराम पुडासैनी आ त्मह त्या प्रकरणमा प क्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जना धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

सोमबार जिल्ला अदालत, चितवनका न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले आ त्मह त्या दुरु त्साहन गरेको कसूरमा धरौटी लिएर तीनै जनालाई छाड्न आदेश दिएको हो ।

जिल्ला अदालत चितवनका रजिष्टार रुद्रमणि गिरीले लामिछानेलाई ५ लाख , सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख र नर्स अस्मिता भनिने रुकु कार्कीलाई साधारण तारेखमा छाड्न आदेश दिएको बताए ।

‘अब उहाँहरुले धरौटी बुझाएपछि थुनामुक्त गरिनेछ ।’ अदालतले धरौटीमा छाड्ने आदेश दिएसँगै तीनै जनाले हिरा सत बाहिरै रहेर थप कानूनी प्रक्रियाको सामना गर्नेछन् । लामिछानेसहित ३ अभियुक्तवि रुद्ध लागेको आ रोप भने अन्तिम फैसला आएपछि मात्रै पटाक्षेप हुनेछ ।

यसअघि जिल्ला प्रहरी कार्यालय, चितवनले १० दिनसम्म अनुसन्धान गरेर आइतबार रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

कार्यालयले अनुसन्धान प्रतिवेदनको अध्ययन सोही दिन सकेर जिल्ला अदालत, चितवनमा आ त्मह त्या दुत्सा हनको मुद्दा दर्ता गराएको थियो ।

तर, नर्स कार्कीको मात्रै बयान सकिएकाले तीनै जनालाई हिरासतमै राखियो । लामिछाने र कडेँलको बयान सोमबार सकिएपछि थुनछेक बहस भएको थियो ।

पत्रकार शालिकराम पुडासैनी लामिछाने प्रस्तोता रहेको ‘सिधा कुरा जनतासँग’का पूर्वसंवाददाता हुन् । हालै न्यूज २४ छाडेर उनी माउन्टेन टेलिभिजमा कार्यरत् थिए । उनी २० साउनमा चितवनको एक होटलमा झु ण्डिएको अवस्थामा भेटिएका थिए ।

आ त्मह त्या गर्नुपूर्व उनले लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको भन्दै आफ्नो मोबाइलमा रेकर्ड गराएको भिडियो बाहिरिएपछि प्रहरीले ३० साउनमा तीनैजनालाई पक्राउ गरेको हो ।

मुलुकी अपराध संहिताको दफा १८५ अनुसार लगाइएको आ त्मह त्या दुरुत्साहनको कसूर प्रमाणित भए ५० हजारसम्म जरिवाना, ५ वर्षसम्म जेल वा दुवै हुन सक्छ । तर, जिल्लाको फैसला चित्त नबुझे उच्च अदालत हुँदै सर्वोच्च अदालतसम्म पुनरावेदन दर्ता गराउन सक्ने प्रावधान पनि छ