हरि गिरीको मायाले ओइ भनेको कुरा बन्यो भाइरल

कतिपय गीतहरु यस्ता हुन्छन सुरुमा त्यति धमाका नमच्चाउने तर विस्तारै सबैको मन जित्ने । यस्तै एउटा गीत छ हरि गिरीको ओइ भन्यो मायाले ।

गीतले सार्वजनिक भएको छोटो समयमै उत्कृष्ट दर्शक बनाउदै सबैको मन जित्न सफल भएको छ भने गीतको खोट लगाउने ठाँउ समेत कतै छैन ।

माया प्रेमलाई विषय बस्तु बनाइ तयार पारिएको सो गीतलाई मौलिकता र नयाँ पनलाई उत्कृष्ट रुपमा मालाको रुपमा गीतमा प्रस्तुत गरिएको छ ।

हरि गिरीको शब्द तथा संगीत रहेको सो गीतमा बविना किराँती,हरि गिरीको आवाज रहेको छ भने गीतको म्युजिक भिडियोमा सागर लम्साल बले र करुणा श्रेष्ठको अभिनय रहेको छ । गीतको म्युजिक भिडियो निर्देशन राजिभ समरको रहेको छ ।

आउनुहोस सो गीतको पुरै म्युजिक भिडियोहरु हेरौं ।