सुर्य र प्रतिमाको आवाजमा प्यारी,तारानाथले लेखे उत्कृष्ट शब्द

नेपालीहरु अहिले आफ्ना कामकाज सकेर फुर्सदमा छन । बारीमा कोदो फुल्ने बेला हुन लागेको छ भने खेतमा धान । यो मौषम सँगै नेपालीहरुका महान पर्वहर दशै तिहार पनि नजिक आँउदै छन । भर्खर मात्र तीज विदा भएर गएको छ भने नयाँ चाडपर्वलाई मध्यनर गर्दै कलाकाहरुले गीत सार्वजनिक गर्न थालिसकेका छन ।

धौलागिरीका सर्जक तथा गायक/गायिकाहरु मिलेर नयाँ दशै गीत प्यारी सार्वजनिक गरेका छन । बहुप्रतिभाका धनि तारानाथ आचार्यको लय तथा शब्द सिर्जना रहेको सो गीतमा गायक सुर्य खड्का र प्रतिमा विश्वकर्माको आवाज रहेको छ ।

विदेशमा नेपालीहरुले चाडपर्व आँउदा भोग्नु पर्ने पिडालाई गीतले निकै उत्कृष्ट रुपमा प्रस्तुत गरेको छ । गीतमा जीवन सहानी र अप्सना थापाको अभिनय रहेको छ । गीतलाई संगीत संयोजन समेत तारानाथ आचार्यले गरेका छन भने निर्देशन समेत आचार्यकै रहेको छ ।

डिजिटल स्टार पोखराले गीतको बजार ब्यवस्थपन गरेको छ भने गीतलाई हेर्ने दर्शकले गीत उत्कृष्ट रहेको बताएका छन ।