बाग्लुङका युवा सर्जक थापाको गीतले सांगितक क्षेत्रमा चर्चा कमाउदै

छिल्लो समय एउटा गीत निकै चर्चामा छ । धौलागिरीका बहुप्रतिभाका धनि गायक तथा कुशल सर्जक साथै संगीत संयोजक याम थापा मगरको लय तथा शब्द सिर्जना रहेको सो गीतले विस्तारै सांगीतिक बजार खाइरहेको छ ।

विस्तारै गीतले सबैको मन जित्दै गइरहेको छ भने टिकटकमा समेत गीतले आक्रामक विस्तार गरिरहेको छ । सांगीतिक क्षेत्रका लोकप्रिय गायक हेमन्त शर्मा र सर्वाधिक गायक चर्चित गायिका विष्णु माझीको आवाज रहेको सो गीतले धेरैको मन जितिरहेको छ ।

म्युजिक भिडियो निर्देशकका बादशाह भनेर चिनिने शिव विकले उत्कृष्ट निर्देशन कला प्रस्तुत गरेको सो गीतमा मरिष्का पोख्रेल र पुष्प खड्का अभिनय रहेको छ । गीतलाई सार्थक डिजिटलले बजार ब्यवस्थापन गरेको छ ।

गीत सार्वजनिक भए पछि चौतर्फि रुपमा प्रशंसा र उत्कृष्ट प्रतिक्रियाहरु आइरहेको सर्जक याम थापाले हामी जानकारी दिनु भयो ।
गीतको सफलताको कामना सहित पुरै म्युजिक भिडियो यहाँहरुको लागी मन परे शेयर गर्नुहोस ।