छोटो जामाको सफलता पछि अर्गानिक फलको तयारीमा विरु कार्की

नेपाली लोकदोहोरीलाई धेरै माया गर्नेमा विदेशमा रहेका नेपालीहरु पर्दछन् । आर्थिक रुपले होस या आफ्नो सिर्जनाका माध्यमले होस उनीहरुले यो क्षेत्रमा निरन्तर योगदान गरिनै रहेका छन ।

विदेशमै रहेर पनि नेपाली गीत संगीतलाई अत्यन्तै माया गर्ने बागलुङका विरु कार्कीको नयाँ कोशेली अर्गानिक फल अब केहि दिनमा सार्वजनिक हुने तयारीमा रहेको छ । मुस्ताङमा पुगेर भिडियो निमार्ण गरिएको सो गीतको सम्पुर्ण पक्ष निकै दमदार रहेको गीत सुन्नेहरुले बताएका छन ।

विरु कार्कीको लय तथा शब्द सिर्जना रहेको सो गीतमा विरु कार्की र लक्ष्मी मल्लको आवाज रहेको छ । गीतको म्युजिक भिडियो सुनिल क्षेत्रीले निर्देशन गरेका छन भने सुनिल क्षेत्र र रक्षा श्रेष्ठले गीतमा अभिनय गरेका छन ।

केहि दिनमा सार्वजनिक गर्ने तयारीका साथ गीतको आन्तरिक काम भइरहेको सर्जक तथा गायक विरु कार्कीले हामीलाई बताउनु भयो । गीतलाई यहि कात्र्तिक २४ गते सार्वजनिक गर्ने तयारी रहेको छ ।