लोभी आँखाबाट चर्चामा रहेकी लक्ष्मी मल्ल ले विरु कार्की सँग अर्गानिक फल लिएर आइन्

विदेशमा बसिना बगाउन त्यति सजिलो छैन् त्यस माथी अत्यन्तै मेहनत गर्नु पर्ने ठाँउमा बसेर गीत संगितमा कलम चलाउनु भनेको झन कठिन काम हो । तर प्रतिभा र इच्छालाई कसैले पनि छेक्न सक्दैन भने झै बाग्लुङ विरु कार्कीले लगातार उत्कृष्ट सिर्जना मार्फत दर्शक स्रोता माझ आफ्नो उपस्थिति जनाइरहेका छन ।

उत्कृष्ट लय तथा शब्द सिर्जनामा विरु कार्कीको नयाँ कोशेली अर्गानिक फल भर्खर मात्र सार्वजनिक भएको छ । अत्यन्तै उत्कृष्ट अडियो र सोहि अनुसारको भिडियो समेत निमार्ण गरिएको सो गीतमा मुस्ताङमा पुगेर भिडियो निमार्ण गरिएको छन भने उत्कृष्ट दृश्य गीतमा समावेश गरिएको छ ।

विरु कार्कीको लय तथा शब्द सिर्जना रहेको सो गीतमा विरु कार्की र लोभी आँखा बाट चर्चामा आएकी लक्ष्मी मल्लको आवाज रहेको छ ।

पछिल्लो समयका निकै चर्चित गीत बोके झार,भिर्नी झोला लगाएतका गीतमा उत्कृष्ट निर्देशन र अभिनय कला प्रस्तुत गरेका सुनिल क्षेत्रीले गीतलाई निर्देशन गरेका छन भने अर्कि चर्चित माेडल रक्षा श्रेष्ठले अभिनयमा साथ दिएकी छन । यो जोडी पछिल्लो समय निकै जमेकाे लोकदोहोरीमा चर्चा पनि भइरहेको छ ।

गीत निमार्णमा सबैले अत्यन्तै मेहनत गरेको र गीत सोहि अनुसार पनि बनेको सर्जक तथा गायक विरु कार्कीले हामीलाई बताए साथै गीतले सबैको माया पाउनेमा आफुहरु आशावादी रहेको समेत बताउनु भयो ।

नेपाली लोकदोहोरीमा यो स्तरको गीत सार्वजनिक हुनु गीत संगीत क्षेत्रको लागी पनि गर्वको कुरा भएको जानकारहरु बताउछन । सम्पुर्ण पक्ष उत्कृष्ट रहेको गीत अर्गानिक फललाई हाम्रो तर्फबाट पनि सफलताको शुभकामना ।