करिष्माको “जलेको मन” खुमन लाई जिम्मा (भिडियो सहित)

बहुचर्चित गायक खुमन अधिकारी र करिष्मा बुढापृथीको आवाजमा रहेको मौलिक लोक दोहोरी ”जलेको मन” नामक गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रेमी प्रेमीका विचको मनको विरहलाई गीतमा समेटिएको छ ।
मायालुको यादमा तडपिएका प्रेमी प्रेमीको पिडालाई गीतमा चित्रण गरिएको छ । धन काकी र राजु परियारको शब्द तथा अर्जुन विरही शर्माको लय सिर्जना गीतमा रहेको छ ।

विरेन्द्र परियारको छायाँकन , प्रकाश पि आर प्युठानीको सम्पादन तथा विशाल बैरागीको निर्देशन भिडियोमा रहेको छ । ”जलेको मन” गीतको भिडियोमा विशाल भुजेल र आरतीको अभिनय रहेको छ ।

”जलेको मन” गीतको पुरा भिडियो हेर्नुहोस यहाँ बाट।