देश का सबै चोर हरुलाई हाल्नु पर्छ खोर भन्दै उत्रिए गायक पशुपति शर्मा सडकमा (भिडियो सहित)

काठमाडौं १ फागुन / बहुचर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माले लुट्न सके लुट (भाग २) “जता नि चोर” बोलको नयाँ गीत बजारमा लिएको आएको छ । गायक शर्माकै शब्द संगीतमा रहेको उक्त गीतलाई बिहिबार साझ पशुपति शर्मा अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।

दुर्गा पौडेलले निर्देशन गरेको गीतको भिडियोमा कलाकारहरु : पशुपति शर्मा, घनश्याम रिजाल, युवराज भण्डारी, विपी पौडेल,प्रह्लादजंग, धुर्व शर्मा, कमल शर्मा, कृष्ण पौडेल, देवेन्द्र ढुङ्गााना लगायत थुप्रै कलाकारहरुको उत्कृष्ट अभिनय रहेको छ । भिडियोलाई नवीन घर्ती मगरले सम्पादन गरेका हुन् ।

गायक शर्माले यसअघि बजारमा ल्याएको गीत “लुट्न सके लुट” विवादित बन्न पुगेको थियो । उक्त गीतलाई लिएर राजनितिक बहसहरु हुन थालेपछि पशुपति शर्माले उक्त गीतलाई अफिसियल च्यानलबाट हटाएर विवाद साम्य पारेका थिए । तर, अझै लुट्न सके लुट गीत चर्चाको शिखरमा रहेको बेलाबखत गायक शर्मा आफैले पनि मेला महोत्सवमा गाउने गर्छन् ।

लुट्न सके लुट भाग २ भिडियोमा हेर्नुहोस् :