कल्पित मिनु कार्किको शब्दमा रहेको ” सुनारेको छोरो” गीत भिडियो सहित सार्वजनिक ।

काठमाडौं / लोक तथा दोहोरी क्षेत्रमा कतिपय मिलन बिछोड,ज
कतिपय नाच्ने नचाउने त कतिपय ठाउँ विशेष र समय सान्दर्भिक गित दैनिक बजारमा आइरहेका छन। यसै क्रममा ,गायिका तथा कुशल सर्जक कल्पित मिनु कार्कीको सब्द रहेको सुनारेको छोरो गित भर्खरै सार्बजनिक भएको छ जसमा जनक पौडेलले साथ दिएका छन।

पहिले पहिले गाउघरमा रातभर रोधी बसेर गाउदा जसले जित्छ लैजाने र हार्नेले जानुपर्ने चलनलाइ पुनः जिवित र ताजा गराउदै कथा बस्तु समेटिएको गितको भिडियो अत्यन्तै उत्कृष्ट बनेको छ।
सफल तथा अब्बल गायिका शान्ती श्री परियार र सन्तोष बि सि को स्वर, सन्तोष बिसि कै लय र मोडेल आयुस्मा कार्की ,साया भण्डारी, सन्तोष बिसि, शान्जे गुरुङ,सिम्रन दुलाल,नारायण दंगल र नयन सुनारको अभिनय रहेको छ।


दोहोरीमा मात्रै नभएर फिल्म,टेलिफिल्म, क्यारिकेचर तथा हरेक लेखनमा पोख्त रहेकी कल्पित मिनुले आधा दर्जन भन्दा बढी गितमा शब्द भरिसकेकी छिन।भर्खरै सार्बजनिक गितलाइ बिष्णु बिसिले निर्देशन,सागर गौतमले छायांकन र दिपक बिस्टले सम्पादन गरेका छन भने निर्माता शान्जे गुरुङ रहेका छन।