शान्ती श्रीको लकडाउन दैनिकी – मन परेका उपन्यास पढ्ने,योगा गर्ने

विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणले नेपाललाई पनि थला पारेको छ । सबै क्षेत्र अहिले ठप्प जस्तै छ भने आर्थिक गतिविधि समेत निकै न्युन छ । खुला आकाशमा उड्ने चरिलाई पिँजडामा थुनेर राख्दा कस्तो हुन्छ ? अनुमान गर्नु भएको छ ? हो नेपालका कलाकारहरुलाई पनि सायद त्यस्तै भएको छ । देश विदेशमा सांगीतिक प्रस्तुतीका लागी घुम्ने कलाकारहरु पनि यो समय कोठामा थुनिएर बस्न बाध्य भएका छन ।

केहि कलाकारहरु आफ्नो जन्म घर गएका छन भने केहि काठमाण्डौमै बसिरहेका छन् । यस्तै काठमाण्डौमा बसेर लकडाउन कटाइरहेकी गायीका हुन शान्ती श्री परियार । उनलाई आर्थिक रुपमा जति क्षति यो लकडाउनले गराएको छ त्यति मानसिक तनाव भने दिन पाएका छैन् । कारण हो,योगा अनि अध्ययन । यसको साथै घरको काम पनि छँदै छ ।

शान्तीले यो लकडाउनको समयलाई सदुपयोग गर्दै आफुले केहि समय पहिला देखि संकलन गरेका उपन्यासहरु बढिरहेकी छन भने दैनिक २ घण्टा भन्दा धेरै योगा समेत गर्ने गरेकी छन । सुमधुर आवाजकी धनि गायिका परियारले केहि समय आफ्नो सांगितीक आराधानालाई पनि समय दिने हामीलाई बताउछिन् ।

‘उपन्यास पढ्ने मेरो पहिलै देखिको शोख हो,यो समयको सदुपयोग गर्दै मन पर्ने उपन्यासहरु पढिरहेकी छु’ उनले भनिन् । परियारले अहिले पल्पसा क्याफे पढिरहेकी छन भने उनी सँग चिना हराएको मान्छे,गुलावी उमेर,सेतो धर्ती,खुसी जस्ता चर्चित उपन्यासको संकलन रहेको छ । शान्तीकाे सांगीतिक यात्राले विश्राम लिए पनि साहित्यीक यात्राले भने गतिलिएको प्रष्टै हुन्छ ।

यति मात्र होइन शान्ती फिट हुनुको अर्को राज हो,योगा । उनी दैनिक २ घण्टा भन्दा धेरै योगा गर्ने गरेकाे हामीलाई बताउछिन साथै खान पिनमा समेत ध्यान दिने उनको भनाइ छ ।

यो संकटको बेलामा यसरी आफुलाई ब्यस्त राख्न गरिने यस्ता क्रियाकलापले समय मात्र जाँदैन् आफुलाई बाैद्धिक समेत बनाउछ ।