स्वर्गद्वारीमा २६सैया क्षमताको पूर्ण व्यवस्थित आईसोलेसन, यो नै जिल्लाकै पहिलो व्यवस्थित आइसोलेसन

प्यूठान/

स्वर्गद्वारीमा २६सैया क्षमताको पूर्ण व्यवस्थित आईसोलेसन, यो नै जिल्लाकै पहिलो व्यवस्थित आइसोलेसन

स्वर्गद्वारी नगरपालिका प्यूठानको स्वास्थ्य शाखाले नगरपालिकामा २६ सैया क्षमताको आईसोलेसन शाखा तयार गरि राखेको छ ।
नगरपालिकामा पहिलो कोरोना संक्रमित भेटीएसङ्गै आफ्नो क्षेत्रका संक्रमितलाई व्यवस्थित रूपमा उपचार गर्ने गरि प्राथमिक स्वास्थ्य चौकी भिङ्ग्रीमा ३ र सूचना प्राविधिक पार्क जिमुरपाटामा रहेको सभाहलमा २३ सैयाको आइसोलेसन तयार गरि राखेको छ । राष्ट्रमा कोरोना संक्रमित बढेसङ्गै सामान्य अवस्थामा रहेका संक्रमितलाई जिल्ला बाहिरका अस्पतालहरूमा त्यति हेरबिचार तथा रेखदेख गर्न नपाउने हुनाले नगरपालिकामै व्यवस्थित आईसोलेसन तयार गरि स्वर्गद्वारी नगरपालिका भित्रका संक्रमितले सामान्य अवस्थामा पनि पूर्णरूपमा रेखदेख तथा उपचार पाउन भन्ने उद्देश्यले यो आईसोलेसन तयार गरेको स्वास्थ्य शाखाले जनाएको छ ।


प्यूठान जिल्लामै पहिलो पूर्ण व्यवस्थित आईसोलेसन स्वर्गद्वारीमा तयार भएको जानकारी दिदै प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीका कार्यलय प्रमुख डक्टर राजेन्द्र पौडेलले भन्नुभयो,” नगरपालिका भित्रका कोरोना पोजेटिभ संक्रमितलाई सामान्य अवस्थामा यहि व्यवस्थित गर्ने उदेश्यले नगरपालिका कार्यलयको समन्वयमा हामीले यो व्यवस्थापन गर्न सफल भएका छौं ।

स्वर्गद्वारी नगरबासीलाई मात्र होइन आवश्यक परेको अवस्थामा जिल्लाको अन्य पालिकाका संक्रमितलाई पनि हामी यहि आइसोलेसनमा व्यवस्थित गर्न सक्षम छौं । ” डक्टर पौडेलले थप्नुभयो , ” जिल्ला बाहिरका कोरोना विशेष अस्पतालहरू लक्षण देखिएका संक्रमितले भरिभराउ छन यस्तो कठिन अवस्थामा सामान्य तथा लक्षण नदेखिएका संक्रमितलाई विशेष अस्पतालले नलिन सक्छ उनीहरूले विषेश रेखदेख नपाएर अवस्था कठिन हुन सक्छ त्यस्तो स्थितिमा राष्ट्रको नीति अनुसार जिल्लाभित्रका सामान्य संक्रमितलाई विशेष सुविधाको लागि यो आईसोलेसन हो । ” डक्टर पौडेलले आवश्यकता अनुसार यतिमात्र होइन बाझिपुरमा रहेको अमर क्याम्पसको भवनलाई पनि आईसोलेसन शाखाको रूपमा निर्माण गरि बिस्तार गर्न सकिने बताउनु भयो । पौडेलका अनुसार अहिलेको तयारी आईसोलेसन २६ सैया क्षमताको भएपनी करिब १५ संक्रमित थपिएको अवस्थामा अन्य आइसोलेसन तयारी गर्नु पर्ने हुन्छ । यसको पूर्व तयारीमा नगरपालिका तथा स्वास्थ्य शाखा रहेको छ। अहिले तयार भएको आईसोलेसनमा आवश्यक सम्पूर्ण पूर्वाधारहरू छन । संक्रमितलाई आवश्यक पर्ने सम्पूर्ण कुरा तथा सुविधा यस आइसोलेसनमा रहेको डक्टर पौडेलले जानकारी दिनुभयो ।