रुपालाई आफ्नै श्रीमान राजेन्द्र भन्दा अरुनै राम्रो लाग्न थाले पछि तनाव,यसको जड हो टिकटक

पछिल्लो केहि दिन यता सांगीतिक बजार निकै तातिरहेको छ । यसो त तीज आँउन निकै समय बाँकी छ तर गायक गायिकाहरुले तीजका गीत भने धमाधम सार्वजनिक गरिहेका छन ।

केहि गीत उत्श्रृङखल भए पनि धेरै गीतहरु उत्कृष्ट रहेका छन । यसै अवसरमा समसामयीक विषयमा निकै उत्कृष्ट तीज गीत टिकटक काण्ड बोलको गीत भर्खर मात्र सार्वजनिक भएको छ । गीतले टिकटक र रौसिले गर्दा परिवार विग्रीरहेको कुरा उठाएको छ । सामाजिक मिडिया टिकटकले अहिले यस्तै धेरैलाई समस्या पनि पारेको छ ।

राजेन्द्र कँडेल र समिक्षा अधिकारीको आवाज रहेको सो गीतलाई कँडेल आफैले लय तथा शब्द सिर्जना गरेका छन । गीतको भिडियोमा रुपा कँडेल र पवन खतिवडाको अभिनय रहेको छ भने दुर्गा पौडेलले गीतलाई निर्देशन गरेका छन ।

गीतको पुर्ण सफलताको कामना सहित सो गीतको पुरै म्युजिक भिडियो यहाँहरुको लागी