सामाजिक विषयमा बनेको उत्कृष्ट तीज गीत विधुवा

लक डाउन संगै थला परेको नेपाली लोकदोहोरी क्षेत्र अहिले भने केही तंग्रिएको छ । पछिल्लो समय धमाधम तीज गीतहरू सार्वजनिक भई रहेका छन् । यसै अवसरमा भर्खर मात्र सार्वजनिक भएको नया तीज गीत विधुवा लाई धेरै दर्शक श्रोताले निकै मन् पराएका छन् ।

समाजमा रहेको यथार्थ कहानीलाई आधार बनाई तयार पारिएको सो गीतमा बाल गायिका आयुषा,गीता देवी र हेमन्त कान्छा को आवाज रहेको छ । गीतलाई सतिश अधिकारीले शब्द तथा हेमन्तले लय सिर्जना गरेका छन । 

गीत सार्बजनिक भएको केही घण्टामै ट्रेण्डिङ मा समेत आई सकेको छ । गीतमा सुरविर पण्डित,लक्ष्मी गिरी ,बाल गायिका आयुषा,गीता देवी,चक्र साउद, गोफते काजी लगायतका कलाकारको अभिनय रहेको छ ।

गीतलाई पूर्ण सफलताको कामना सहित सो गीत म्युजिक भिडियो यहाँहरुको लागि