दर्शकले अत्यधिक मन पराएका जोडी मोडल आशिर र सारिका नयाँ म्युजिक भिडियो

लोकप्रिय गायिका विष्णु माझीको आवाज रहेको नयाँ गीत तक्दिर भर्खर मात्र सार्वजनिक भएको छ । सो गीतमा माझीलाई आवाजमा प्रकाश कौशलले साथ दिएका छन ।

गीतको शब्द संगीत उत्कृष्ट रहेको छ भने भिडियो सर्वोत्कृष्ट रहको छ । गीतमा अत्यन्तै सुहाउने जोडीका रुपमा चिनिएका आशिर प्रताप जंग र सारिका केसीको अभिनय रहेको छ ।

गीतले माया प्रेममा विछोड हुने मायालु जोडीहरुको कथालाई विषय बनाएको छ । गीतमा संगीत गणेश अधिकारी र शब्द सुरज भुषालेको रहेको छ ।

गीतलाई चर्चित निर्देशक कपिल लामाले निर्देशन गरेका छन । गीतको पुर्ण सफलताको कामना सहित सो गीतको पुरै म्यजिक भिडियो यहाँहरुको लागी