धेरै परदेशीले विष्णु खत्रीको दशै गीतलाई भने हाम्रो बेदना र पिडा बोलेको उत्कृष्ट गीत

धौलागिरीका शान तथा लोकप्रिय गायक विष्णु खत्रीको नयाँ दशै गीत सार्वजनिक भए सँगै यसले चर्चा कमाउन शुरु गरेको छ ।

प्राय दशैको बेला खत्रीले सार्वजनिक गर्ने गीत नेपाली जनताका पिडा र बेदना बोकेका हुन्छन । यो पटक महामारीले धेरै नेपालीलाई परदेशमै रुवाउने निश्चित छ । यसै विषयलाई खत्रीले गीतमा उत्कृष्ट शब्द संगीत सहित गीत बनाएका छन ।

गीतमा खत्रीलाई पुर्णकला विसीले साथ दिएकी छन । गीत हेर्नेले गीत समसामयिक र उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन । हाम्रो तर्फबाट पनि गीतलाई सफलताको कामना सहित सो गीतको पुरै म्युजिक भिडियो यहाँहरुको लागी