डा.शिव सुवेदीको शब्द तथा लय सिर्जनामा यो बर्षकै उत्कृष्ट गीत “बाचेको छु धन्न” – भिडियो सहित

भर्खर मात्र विद्यावारिधी उपाधि हाशिल गर्न सफल कुशल सर्जक डा शिव सुवेदीको लय तथा शब्द सिर्जनाको यो बर्षकै उत्कृष्ट गीत बाचेको धन्न भर्खर मात्र सार्वजनिक भएको छ ।

सुवेदीको गीत सार्वजनिक हुनु र उनले विद्यावारिधीको उपाधी पाउनु एकै दिन जस्तो परेको छ । सांगीतक क्षेत्रमा लागेर पनि निरन्तर आफ्नो अध्यनलाई पुरा गरेका छन । हाम्रो तर्फबाट पनि सुवेदीलाई धेरै धेरै बधाई ।

उनले लय तथा शब्द सिर्जना गरेको एक वियोगान्त गीत बाचेको छु धन्न यतिबेला निकै चर्चामा आएको छ । सार्वजनिक भएको २४ घण्टामै गीतले एक छत्र राज गर्न सफल भएको छ । गीतलाई धेरैले आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै उत्कृष्ट सिर्जना भएको प्रतित्रिया दिएका छन । माया प्रेममा विछोड भएको मायालु जोडिहरुको कथालाई गीतले कलात्मक रुपमा उठाएको छ ।

विक्रम परियार र समिक्षा अधिकारीले गीतको भाव अनुसार न्याय गरेका गायक छन भने देवेन्द्र बब्लुले उत्कृष्ट भिडियो बनाएका छन । उनको कथामा गौरव पहाडी र आशा खड्काले उत्कृष्ट अभिनयकला प्रस्तुत गरेका छन । समग्रमा गीत एक उत्कृष्ट सिर्जना रहेको छ ।