शान्ती श्री परियार र राजेन्द्र कँडेलको आवाजमा मुटु छुने दशैं विशेष गीत अभागी परदेशी

लोकप्रिय सर्जक तथा कुशल गायक राजेन्द्र कँडेलको आवाज रहेको निकै मन छुने गीत अभागी परदेशी भर्खर मात्र सार्वजनिक भएको छ ।

नेपालीहरुको महान पर्व विजयादशमी तथा शुभ दिपावली आउन अझ एक महिना भन्दा धेरै समय बाँकी छ । कलाकारहरुलाई भने चाडपर्वले ढपक्कै छोपिसकेको छ । बजारमा धमाधम दशै विशेष गीतहरु सार्वजनिक भइरहेका छन ।

राजेन्द्र कँडेल र शान्ती श्री परियारको आवाज रहेको सो गीतमा विदेशमा रहेका नेपाली युवाको पिडा र दुखलाई कलात्मकरुपमा उठाइएको छ । गीतमा मुटु छुने शब्द भिशु भण्डारीले शब्द सिर्जना गरेका छन भने राजेन्द्र आफैले लय सिर्जना गरेका छन । गीतको म्युजिक भिडियोमा पनि निकै मेहनत गरिएको छ गीतलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका छन भने रुपा कँडेल र विकास लामिछानेले दमदार अभिनय गरेका छन ।