एक परदेशी छोराको बाबा आमालाई विन्ती ऋण सम्झेर पिरै मात्र पर्छ

भखैर मात्र सार्वजनिक भएको एउटा गीतको निर्क चर्चा चलिरहेको छ । गीत हो प्रेम सापकोटाको पिरै मात्र पर्छ । मुटुछुने शब्द सहित धेरै नेपलाीहरुको बास्तविकता गीतमा उतारेका छन लोकप्रिय सर्जक तथा कुशल गायक प्रेम सापकोटा सोनुले आफ्नो पछिल्लो गीत पिरै मात्र पर्छ मा ।

पछिल्लो समय धेरै नेपालीहरु कोरोना महामारीका विच विदेशबाट नेपाल आउन पाएका छैनन् । त्यति मात्र होइन आफुले काम गर्ने कम्पनी बन्द भए पछि खान बस्न पनि निकै समस्या परिरहेको छ । यहि पिडा र बेदना उनले आफ्नो गीतमा उतारेका छन ।

आफैले निर्देशन गरेको सो गीतको हरेक शब्द मुटुछुने खालका छन भने प्रेमले मन छुने लय सहित मुटुछुने आवाज समेत दिएका छन । गीतलाई नेपाल र जापान गरि दुई भागमा निमार्ण गरिएको छ । प्रेमका आफ्नै आमा बुबालाई पनि गीतमा देख्न सकिन्छ भने मुख्य भुमिकामा सिसिआर पाण्डेको समेत अभिनय रहेको छ ।

गीतको सफलताको कामना सहित सो गीतको पुरै म्युजिक भिडियो यहाँहरुको लागी