युटुबबाट चर्चामा आएका अलिफ खानको जीवन २४ घण्टामै बदलियो,पहिलो गीतलेनै तोड्यो रेकर्ड (हेरौ)

गायक अलिफ खानको ‘छुँदिन म जाले रुमाल’ बोलको गीत सार्वजनिक गरिएको छ । डिभाइन म्युजीकको प्रस्तुती रहेको उक्त गीतमा खानको स्वर सहित अभिनय पनि रहेको छ । बिशेषगरी मुस्लिम समुदायका खान आफू मुस्लिम भएकै कारण गायक बन्न गाह्रो भएको भन्दै सामाजिक सञ्जाल तथा बिभिन्न युट्युव च्यानलहरुमा अन्तर्वार्ता दिएपछि उहाको चर्चा चुलिएको थियो । त्यसपछि चर्चित संगीतकार अर्जुन पोखरेलसँग दुईवटा गीतमा काम गर्ने सम्झौता भएको थियो ।

अर्जुन पोखरेलको संगीत रहेको उक्त सार्वजनिक गीत साजन साहले मिक्सिंग गर्नुभएको हो । ए प्लस स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा इन्जमान अलि खान र श्रेया सिटौलाको अभिनय रहेको छ । भिडियो बिधान कार्कीले निर्देशन गर्नुभएको हो । <iframe width=”412″ height=”232″ src=”https://www.youtube.com/embed/sS84UcIFaQY” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>