बिष्णु खत्री र मिना लामाको आवाजमा “अँधेरीमा उज्यालो टुकी”…भिडियो सहित सार्वजनिक ।

नेपाली सांगेतिक क्षेत्रमा एक चर्चितक गायक हुन बिष्णु खत्री “भरीया दाई ले बिसाउनी भारी” जस्ता चर्चित गीत गायर दर्शक को मन मुटुमा बस्न सफल भएका गायक खत्रीको नयाँ गीत भखरै मात्रै नेपाली सांगेतिक बजारमा सार्वजनिक भएको छ।

“अँधेरीमा उज्यालो टुकी” नामक गीत बिहिवार डिजिटल बजारमा सार्वजनिक भएको छ । पछिल्लो समय निकै चर्चामा रहेकी गायिका मिना लामा र बिष्णु खत्रीको आवाज रहेको गीत निकै उत्कृष्ट बनेको छ ।

केहि समय अघी खत्री र लामाको “झरनाको पानि” नामक गीत पनी निकै चर्चामा रहेको थियो उनै गायक गायिको जोडिले फेरी बजारमा तहल्का पिट्ने खालको गीत लिएर आएका छन हेरौ दर्शकको कतिको माया पाउछ सो गीत ले ।

बिष्णु खत्रीको आफ्नै लय शब्द मा तयार भएको म्युजिक भिडियो लाई होम गुरुङले निर्देशन गरेका छन । दुर्गा पौडेलले छायांकन गरेको भिडियोमा लोमस शर्मा र रुबिना अधिकारीको अभिनय रहेको छ। नबिन घर्तीले म्युजिक भिडियोको सम्पादक गरेका छन । गीत बिष्णु खत्रीको आफ्नै यूटुब च्यानल बाट सार्वजनिक भएको छ। भिडियो हेर्नुहोस्