गायिका भुमिका गिरीले खोलिन “चिया पसल” यस्तो अबस्थामा भेटिए पल र रियाशा (भिडियो सहित)

काठमाडौं फाल्गुन २४ सबैको प्रतिक्षाको घडी समाप्त भएको छ दर्शक श्रोता निकै पर्खाइमा रहेको गीत “फिक्का चिया” सार्वजनिक भएको छ । चलचित्र देखी चर्चित गायक गायिका जोडिएको सो गीत सोमबार बार देखी डिजिटल बजारमा सार्वजनिक भएको छ।

फिक्का चियाका गितकार:-
समाजसेवि तथा सर्जक राजन क्षत्रीको शब्द सिर्जनामा तयार गरिएको “फिक्का चिया” मा प्रेमका तरंगित भाबहरु गासिएको र चिया बसाल्दा फिक्का भनेर बसालिए पनि पाकेर पिउन्जेल सम्म मसालेदार चियाको स्वाद मिल्ने बताउदै क्षेत्रीले हाल अमेरिकालाई कर्म थलो बनाउदै आएका क्षेत्रीले यो भन्दा अगाडि “काचको कचौरा” बोलको गीत सिर्जना गरेका थिए र उक्त गित अत्याधिक रुचाईएको पनि थियो।चर्चित अन्लाईन मिडिया eनेपालखबरका सस्थापक/ अध्यक्ष समेत रहेका क्षेत्री एक समाजसेवि पनि हुन्।

फिक्का चियाका संगितकार:-
लोकप्रिय संगितकार आफैमा सुमधुर आवाज भएका खेम पुनले फिक्का चियामा संगित मार्फत स्वाद भर्ने काम गरेका छन्। दर्जनौ हिट गीतहरुमा संगीत भरिसकेका पुन हाल अमेरिकामा बसोबास गर्दै आईरहेका छन्।लोक संगीत प्रतिको उनको लगाब र प्रतिभालाई सात समुन्द्रका लहरहरुले कहिलै रोक्न सकेनन्।जब संगितका धुनहरु हावामा फिजारिन्छन् तब विशाल पर्वतका तागतिलो बाहुलिले कदापि छेक्न सक्दैनन्।त्यस्तै जब खेम पुनले आफ्नो संगीतको जादु गरे मै हुं भन्ने जादुगरहरुका जादु ओझेलमा पर्दै गए। फिक्का चियामा गरिएको संगितको जादुको अनुमान यसैको आधारमा लगाउन सकिन्छ।

फिक्का चियाका गायक/ गायिका:-
चर्चित गायक तथा उत्कृष्ट संगितकार खेम सेन्चुरि र चर्चित गायिका भुमिका गिरिको सुमधुर आवाज मा तयार भएको फिक्का चियामा गायक/ गायिकाले न्यायपुर्ण आवाज दिएका छन्। खेमले गायका गीतहरु मध्य यो गित केहि फरक र नयांपन रहेको र गीतमा सरलता भएको बताएका छन ।

फिक्का चियाका निर्देशक र नायक/ नायिका:-
बिशेष गरि लोक गीतका भिडियोहरु निर्देशन गर्ने र आफैमा उत्कृष्ट अभिनय गर्न सक्ने खुबि भएका उत्कृष्ट निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेको “फिक्का चिया” को भिडियोमा नेपालि चलचित्र जगतका चक्लेटि नायक पल शाह र हास्य टेलिशृंखला द्वारा अभिनयमा पाईला चालेकि होनहार नायिका रियाशा दाहाल बिल्कुलै फरक अभिनयमा प्रस्तुत भएका छन्। अन्य लोक गीतको भिडियोमा अभिनय गर्दा र फिक्का चियामा अभिनय गर्दा प्रयोगात्मक रहेको र आफुलाई सहज संगै मन पनि परेको कुरा नायक/नायिकाले बताएका छन्। भिडियो हेर्नुहोस्