गायक ईश्वर सिंह र माया गुरुङको “बनको मजुर” सार्वजनिक (भिडियो सहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा आज भन्दा एक बर्ष पहिला फुल पहेँलै बोलको गीत मार्फत राम्रो चर्चा बटुल्न सफल भएका धौलागिरीका युवाहरुले नयाँ गीत सार्वजनिक गरेका छन।

सर्जक शिव अखेलीका उत्कृष्ट शब्द र इश्वर सिँहको लय सिर्जना रहेको पछिल्लो गीत मेरो हजुरमा पनि फुल पहेँलैमा जस्तै सुमधुरता र उत्कृष्टता पाउन सकिन्छ। माया प्रेमलाई विषय बनाई तयार पारिएको सो गीतमा इवर सिँह र माया गुरुङको आवाज रहेको छ।

गीतको सम्पुर्ण पक्ष उत्कृष्ट बनेको छ। दुर्गेश थापा र एन्जेल श्रेष्ठको अभिनय रहेको गीतलाई पाका निर्देशक शिव विकले निर्देशन गरेका छन।कृष्ण विकको संगीत संयोजन रहेको गीतलाई इश्वरले आफ्नै युउटुव च्यानलबाट सार्वजनिक गरेका छन।

गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला :