बिक्रम परियार र अम्रीता श्रीपालको आवाजमा मदानीमा नेती सार्वजनिक (भिडियो सहित)

पछिल्लो समयको सांगीतिक बजारमा नेपाली लोक गीत संगीत चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गीत सबै दर्शक श्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गीतहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक श्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा
अम्रिता श्रीपालको “मदानीमा नेती” नामक गीत डिजिटल बजारमा सार्वजनिक भएको छ।

बिक्रम परियार र अम्रीता श्रीपालको आवाजमा रहेको सो गीत मा शब्द सरद पाण्डेले कोरेका छन भने गीतको म्युजिक गायक परियार कै रहेको छ।

प्रबिन थापाको निर्देशनमा तयार भएको भिडियोलाई राजेश घिमिरेले छायांकन गरेका हुन गीतमा सुदिर श्रेष्ठ र रबिना भण्डारीको उत्कृष्ट अभिनय देख्न सकिन्छ।

गीतको सबै पक्ष निकै नै उत्कृष्ट बनेको छ हाम्रो तर्फबाट गीतको सफलताको शुभकामना ।

भिडियो हेर्नुहोस्