अदालतको फैसलाले शेयर बजारमा अर्ध सतकको पहिरो,कारोबार रकम भने १० अर्व पुग्यो

काठमाण्डौ । अदालको फैसलाले नेपाली शेयर बजारमा नकरात्मक प्रभाव पारेको छ ।

फैसला पूर्व सामान्य अवस्थामा रहेको शेयर बजार संसद विताउने सर्वोच्चको फैसला पछि भने ओरालो लागेर प्यानिक सेल भएको थियो ।

साताको दोस्रो दिन नेप्से ४५ अंकले घटेको छ । नेप्से घटेपनि कारोबार रकम भने बढेर दश अर्व नजिक पुगेको छ ।

आज कारोबार भएका २२९ कम्पनीहरुमा १० कम्पनीको मात्र शेयर बढेको छ भने १७० कम्पनीको शेयर मुल्य भने घटेको छ । त्यस्तै ३ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ ।