विष्णु खत्रीको तीज गीत मुग्लीन उत्कृष्टको सूचिमा आयो

काठमाण्डौ । लोकप्रिय गायक विष्णु खत्रीले यस बर्षको लागि सार्वजनिक गरेको तीज गीत सबैको मन जित्दै उत्कृष्टेको सूचिमा पर्न सफल भएको छ ।

गीतको सम्पुर्ण पक्ष निकै दमदार भएकै कारण गीतले छोटो समयमै चर्चा पाउन सफल भएको हो । गीत यो समचार तयार पार्दा सम्म युउटुवको उत्कृष्टको ४४ नम्वरमा आएको छ ।

गीतमा विष्णु खत्रीको लय तथा शब्द सिर्जना रहेको छ । उनलाई आवाजमा भने रिना केसीले साथ दिएकी छन ।

होम गुरुङको निर्देशन रहेको गीतमा सारिका केसी र ओभी रायमाझीको अभिनय रहेको छ ।