सुनिता क्षेत्री ले पुरुषोत्तम लाई मेरो भगवान भनेपछि……- भिडियो सहित

महेन्द्र क्षेत्री – काठमाडौं — नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको रौनकले यति बेला नेपाली सांगेतिक बजारमा निकै छाएको छ विश्व माहामारीको रुपमा फैलिएको कोरोना भाइरसले गर्दा पहिले झै तेती रौनक त छाएको छैन।

तेहि पनी गायक गायिका हरुले भने नेपाली सांगेतिक बजारमा गीत हरु दिन प्रति दिन पस्कि रहेका छन । यतिबेला तिज को सिजन भएको हुनाले कलाकार हरुले तीजकै गीत मात्रै धेरै डिजिटल बजारमा सार्वजनिक गरेका छन ।

यसै बिच पछिल्लो समयका चर्चित गायक पुरुषोतम गैरे र चर्चित गायिका सुनिता बुढा क्षेत्रीको आवाजमा ‘मेरो भगवान’ बोलको तिज गीत पुरुषोतम गैरेको युटुव च्यानलवाट डिजिटल बजारमा सार्वजनिक भएको छ । विमल पौडेलको शब्दमा गैरेको लय रहेको छ।

गीत संगै भिडियो निकै उत्कृष्ट तथा समय सान्दर्भिक बनेको छ। म्युजिक भिडियोमा कलाकार बिना बिश्वकर्मा, कुशल अधिकारी र गोविन्द थापाको अभिनय रहेको देख्न सकिन्छ।

यो मिठो भिडियोमा अजय रेग्मीको छायांकन दिपक विष्टले सम्पादन गरेका छन् भने काजिश श्रेष्ठ ले निर्देशन गरेका छन् । गीत को सबै पछ निकै उत्कृष्ट बनेको छ।

हेर्नुहोस् भिडियो: