पौडेल र पुनको पहिलो पहिलो लभ हो सार्वजनिक भएपछि दर्शक मख्ख

काठमाण्डौ । दुई सर्जक मुकुन्द पौडेल र भावुक पुनको संयुक्त सिर्जना अहिले निकै चर्चामा छ । गीतले सामाजिक सञ्जालहरुमा निकै प्रशंसा पाइरहेको छ ।

दुई युवाहरू मुकुन्द पौडेल र भावुक पुनको सहकार्यमा बनेको नयाँ गीत पहिलो पहिलो लभ हो सार्वजनिक भएको छोटो समयमै चर्चामा आउन सफल भएको हो । गीतको सामाजिक सञ्जालहरूमा निकै चर्चा भइरहेको छ । उत्कृष्ट शब्द तथा सुमधुर लय सिर्जना रहेको गीतमा माया प्रेमलाई निकै कलात्मक रुपमा उठाइएको  छ । 

नयाँ कलाकार भए पनि भावुक पुनले निकै कसिलो आवाज दिएका छन । उनको आवाज सुन्दा नेपाली सांगीतिक क्षेत्रमा राम्रो सम्भावना भएको कलाकारको रुपमा हेर्न थालिएको छ । गीतमा भावुकलाई आवाजमा सुनिता बूढा क्षेत्रीले साथ दिएकी छन । गीतको शब्द मुकुन्द पौडेल र लय पौडेल र भावुक पुनले मिलेर बनाएका छन । 

तलाई चर्चित निर्देशक सुनिल क्षेत्रीले निकै मेहनत गरेर म्युजिक भिडियो बनाएका छन । गीतमा सुनिल क्षेत्री,स्मारीका ढकाल र तिरज प्रधानको दमदार अभिनय रहेको छ । गीतलाई शुभारम्भ डिजिटलले बजार व्यवस्थापन गरेको छ ।