अभागी चेलीका टिकटकमा बने एक लाख भन्दा धेरै भिडियो

काठमाण्डौ । केही दिन अघि मात्र सार्वजनिक भएको तीज गीत अभागी चेली टिकटकमा सर्वाधिक चर्चित भएको छ । एक हप्ता पनि नपुग्दै गीतका १ लाख भन्दा धेरै भिडियो बनेका छन ।

टिपिक शब्द र लय सिर्जना गरेर तयार पारिएको गीतलाई दर्शकले निकै माया गरेका छन ।

गीतलाई रिता आचार्य कँडेल आफैले लय,शब्द तथा आवाज दिएकी छन भने गीतको सम्पूर्ण लगानी भने दीपिका म्युजिकले गरेको हो । गीतको म्युजिक भिडियो काजिश श्रेष्ठले निर्देशन गरेका छन भने अस्मिता राना,गायिका आचार्य लगायतले अभिनय गरेका छन । सदाबहार हुने र असली चेलीको भाव बोकेको गीत भएका कारण आफुँले गीतमा लगानी गरेको दीपिका म्युजिकका सञ्चालक तथा सर्जक दीपक कँडेलले हामीलाई बताउनु भयो ।

गीत सार्वजनिक भएपछि सबैबाट राम्रो प्रतिक्रियाहरू आइरहेको गायिका कँडेलले बताउनु भयो । आमा छन जेल हो भन्छन् माइत,भाइले माया गर्ला नि मलाई त बोलको टुक्का टिकटकमा सर्वाधिक रुचाइएको छ ।

सो गीतको पुरै म्युजिक भिडियो हेर्नुहोस्