ग्रेस इन्टरनेसनल एडुकेसन एन्ड माइग्रेसन ( बाग्लुङ) ले अब बाग्लुङमै उच्च शिक्षाको लागि विदेश जान चाहने युवाहरुको लागि तयारी कक्षाहरु सञ्चालनगर्ने भएको छ
आइतबार धौलागिरि मोर्डन ईन्स्टिच्युटले ग्रेस इन्टरनेशनल एजुकेसन संस्थाको सहकार्यमा अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायत र न्युजिल्यान्ड लगायतका देशहरूमा रोजगारी र अध्ययन गर्न जाने युवाहरुलाई लक्षित गरि आईएलटिएस तथा पीटीइका कक्षाहरु सञ्चालन सुरु गरिएको संस्थाका प्रमुख ओमकार पौडेलले जानकारी दिनु भयो ।
पौडेलले सो कार्यक्रममा बैदेशिक शिक्षा सम्बन्धी काम गर्ने कन्सल्टेन्सीहरुको काम केवल विद्यार्थीहरुलाई उचित सल्लाह प्रदान गरि उनीहरुको सहयोगी बन्नु मात्र भएको बताउनु भयो । साथै उहाँले आँफुहरु सल्लाहकार भएको तथा दलाल नभएको बताउनु भयो ।
ग्रेस इन्टरनेशनलबाट आइएलटिएसलगायत बिदेश जान चाहने युवाले आवस्यक शिक्षा र सीप बागलुङमा नै सिक्न पाउँदा युवाहरु खुशी भएका छन् ।
बागलुङमा आईएलटिएस कक्षा सञ्चालनमा ल्याएसँगै आईएलटिएस पढ्नको लागि पोखरा काठमाण्डौ जानु पर्ने बाध्यता टरेको छ ।
ग्रेस इन्टरनेशनल संस्था अहिलेसम्म नेपालभर १२ वटा शाखा स्थापना भईसकेको लम्सालले जानकारी दिए ।
विद्यार्थी नेता श्रीकृष्ण पौडेल, ग्रेस इन्टरनेशनल पोखराका बिनय श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन साया श्रेष्ठले गरेका थिए ।