आमालाई एक दिन मात्र सम्झने हामी पापी सन्तानहरु

बैशाखको विहानी झुल्के घामले
आमाका आँखा पिर्लिक खुले,
यि आँखा संसार हेर्नको लागी हैन,
अब सँधै बन्द हुने दिनको प्रतिक्षामा खुलेका हुन ।

चिसो पानीको घुटुको सँगै आमाका चिमरा आँखाले
विहानी मधुरो घाम हत्केलाको साहाराले नियाल्छ,
यतिकैमा आमाको सिरानी मुनिको पुरानो नोकिया फोन कुइकन्छ,
पोहोर साल आजकै दिन आमाको फोन बजेको थियो ।
आज बज्या,फेरी अर्को साल पनि बज्ने छ
र बज्ने छ निरन्तर घाम नअस्ताउदा सम्म ।

छाम छुन गर्दै आमाले सिरानी मुनीको फोन हेर्छिन,
बसेका आँखाले कहाँ थाहा पाउनु कस्ले फोन गर्यो भन्ने
अनि कान भन्दा माथी राखेर ठुलो स्वरमा भन्छीन हलो ? हलो ?
उताबाट परिचितको आवाजले आमाका ओठमा मुस्कान छाँउछ,
आज आमालाई कोहो केहो भन्नै परेन
अचम्म कसरी चिनिन् अनि को थियो फोन वाला ?

मान्छेले आँफैले आफैलाई विर्सन सक्छ,
तर आमाले यो आवाज आँखा नचिम्लीदा सम्म विर्सने छैनन्
किन कि त्यो आवाज
उनको रगतको थियो त्यो आवाज आफ्नो मुटुको थियो ।
आमाले आज लामो संवाद गरिन
केके हो भन्दै लामो आर्शिवाद दिइन अनि मुस्कान पनि ।

किन कि आज अभागी आमाको दिन हो,आमा औसि हो ।
आज अभागी आमाहरुका घण्टी बज्ने दिने,
पाउ पुजिने दिने,अनि च्याउरी परेको थुचुनोले मिठो खाने दिन,
आज भित्ताहरु रंगीयका छन,आमाका सम्झनामा,आमाको तस्विरले
पट्पटी फुटेका पैतालामा आज न्यानो स्पर्श परेको छ,
पापी छोराहरुले विर्सेका आमालाई आज सम्झने छन,
आफु भोकै बसेर,खुवाउने आमा,
आफु रोएर सन्तान हसाउने आमा,
आज बृद्धाश्रममा काल पर्खिएर बसेकी छन ।

फललाई रुख घाँडो लाग्न थालेको छ,
मान्छे पैसाको पछि छ,आमा बाउको के मतलव,
सारा जीवन सन्तानको लागी सुम्पेका आमाहरुलाई
एक दिने सम्झनाले केहि खुसि त दिएको छ तर
हामी पापी छोराहरुलाई कुरि कुरि भनिरहेको छ ।

आमालाई एक दिन सम्झेर बाँकी दिन विर्सनेहरु
जव तिम्रो सन्तानले तिमीलाई एक दिन यसरीने
यस्तै ब्यवहार गर्ने छ अनि थाहा हुने छ,
तिमी कति पाप गरिरहेका छौं अनि अति अपरधा ।
बर्ष भरि आमा विर्सेर एक दिन आमा सम्झने
हामी पापी कुसन्कोताकाे सम्झनामा
एकपटक आकाश तिर फर्केर थुकौं ।