धुर्मुस सुन्तलीकै अगाडि आँचलले क्यारिकेचर गरेपछि { भिडियो}

काठमाडौं २३ वैशाख /मुस्कान/

गत शुक्रबार बाट देशभर प्रदर्शनमा आएको मल्टिस्टार चलचित्र ‘दालभात तरकारी’ हेर्न यति बेला हलमा दर्शक देखि लिएर कलाकारहरुको पनि बाक्लो उपस्थिति देखिएको छ । चलचित्रले अहिलेसम्म राम्रो दर्शकको साथ पाएको निर्माण टीमले बताउँदै आएका छन् ।

अझैपनि हलहरुमा हाउसफुल रहेको चलचित्र दालभात तरकारी हेर्न कलाकार तथा समाजसेवी धुर्मुस सुन्तली पनि सोमबार हलमा पुगेका थिए । फिल्म हलबाट बाहिर निस्किएका धुर्मुस सुन्तली सँगै आँचललाई पनि केही सञ्चारकर्मी हरुले छोटो मीठो अन्तर्वार्ता समेत लिन भ्याए । आँचलको राम्रो तारिफ मात्र गरेनन् धुर्मुस सुन्तलीले, आफूहरुले निर्माण गर्ने चलचित्रमा पनि आँचल हुन सक्ने बताएका थिए भने ।,, ‘आँचलले पनि खुशी हुँदै धुर्मसको क्यारिकेचर गरे ।

भिडियो हेर्नुहोस् !

फ्राइडे रिलिज अन्तर्गत  शुक्रबारबाट एकमात्र फिल्म ‘दाल भात तरकारी’ प्रदर्शनमा आएको हो । प्रायः दुई वा सो भन्दा बढी संख्याका फिल्म प्रदर्शनमा आउने गरेको भएपनि यो साता भने ‘दाल भात तरकारी’ले एकल प्रदर्शनको अवसर पाएको हो ।

हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, आँचल शर्मा, पुष्प खड्का, वर्षा राउत, शिवहरी पौडेललगायतका कलाकारको मुख्य भुमिका रहेको फिल्मले मल्टीप्लेक्समा धेरै शो पाएको छ भने सिंगल थिएटर पनि राम्रो पाएको छ । फिल्म सुदन केसीले निर्देशन गरेका हुन् ।