केपि कुमार जलन -बागलुङ
जब मान्छे प्रदेश छिर्छ तब उसले राम्राे पैसा कमाउछ भने जन्मघर भन्दा प्याराे उसलाई तेहि प्रदेशी भुमिकाे लाग्ने गर्छ हाे यस्तै भयाे यहाँ पनि अाफ्नै देशमा रहेर पनि अाफु जन्मे हुर्केकाे घाँस दाउरा अनि बन जंगल गर्दे साथि भाइ संग बालपन मा गुच्चा खेलेकाे त्याे उकाली अाेरालि गरेकाे अाफ्नै जन्मठाउ पनि प्रदेश जस्तै भयाे गायक सर्जक तथा सारङगी बाधक हेमन्त कान्छा रसाईली लाई ।
जन्म ठाउँ बिर्सने उनलाई कसले गरायाे यहानेर चासाेकाे बिषय बन्न सक्ला जब उनमा सानै देखिकाे गित संगितले माेहनि लगायाे उनी तेहि संगितकाे नसामा डुब्न पुगे अनि जन्मठाउ पनि उनकाे लागि प्रदेश जस्तै भयाे हुन त अाफु जन्मेकाे ठाउँ स्वर्ग भन्दा पनि प्याराे लाग्छ भनिन्छ अाफु जन्मेकाे ठाउँ अनि चिसाे पानी लाई भुल्न त कसरी सक्थे हाेला र तर पनि उनलाई संगितले नै टाढा जस्तै बनायाे ।
२०५४ सालमा काठमाण्डाै छिरेका हेमन्त म्याग्दी जिल्ला मालिका गाउपालिका वडा नं-७ मट्ठडाडामा २०४३ साल साउन १७ गते अामा तुलसरा रसाईलि र बाबा स-बहादुर रसाईलीकाे कान्छाे सुपुत्रकाे रूपमा जन्म लिए, २०६० साल देखि निरन्तर साराङगि रेटी १६ बर्षे लामाे सांगितिक यात्रामा संघर्ष गरेका गायक सर्जक तथा साराङगि बाधक हेमन्त ले ८ हजार भन्दा बढि गितमा साराङगी रेटि सकेका छन।
उनले २०६० साल देखि नै साराङगि रेटि रहन्थे फलस्वरूप उनकाे व्यवसायिकता भने २०६८सालदेखि शुरू भयकाे थियाे,२०६४ सालमा उनले पहिलाे गित काचाे सुन्तला बाेलकाे लाेक दाेहाेरी गित बजारमा ल्याए यस बाट राम्राे सफलता प्राप्त गरे तीन दर्जन भन्दा बढी गित बजारमा ल्याएका हेमन्तलाई अाफुले कुन गित गाए भन्ने गितकाे नाम याद नभयकाे स्मरण गरे अाफुलाई सांगितिक यात्रा सम्म अाईपुग्न हरपल हरक्षण सहयाेग पुराउनु हुने साराङगि बजाउन हरपल सहयाेग गर्ने अग्रज श्रष्टा ,गित सगितमा प्रवेश गराउन बाटाे देखाउने समकालीन अग्रज जगत रसाईलि,पदम गाउले परिबार ,सपना रसाईली ,नया तथा पुराना सर्जककाे ठुलाे हात बाट नै अाज एक छाक खाना निर्धक्क साथ खाना पाईरहेकाे छु।
बिगतलाई सम्झिदै भने कुनै ठाउँ प्रवेश गराउन कुनै न कुनै अभिभावककाे ठुलाे देन हुन्छ साचिकै साथ सपाेट बिना सांगितिक यात्रा अध्याराे काेठा जस्तै हाे उनलाई साराङगि बजाउन ठुलाे साेख थियाे सबै भन्दा पहिला राकेश शाेनिले स्थान दिए पछि उनी एक कुशल साराङगि बाधक पनि बन्न पुगे यसले उनलाई एक सफल व्यवसायिक साराङगि बाधककाे रूपमा मात्र चिनायन ठुला स्टेज कार्यक्रम देखि नेपाल अाईडल सम्म साराङगि रेट्न सफल बनायाे,सानै देखिकाे काठमाण्डाै बसाई संगितकाे नसाले अाफ्नै गुह जिल्ला म्याग्दिमा उनलाई धेरैले चिन्दैनन पनि मिडियाकाे पहुच देखि पर्दा पछाडि रहेका हेमन्त जन्मठाउ नफर्केकाे पनि झण्डै १० बर्ष पुग्याे ।
अाफ्नै गृह जिल्लामा थुप्रै कार्यक्रम भई रहदा पनि अाफुलाई एकपटक पनि नसम्झिदा दुखा लाग्ने गरेकाे बताउछन ।
चाकडि गर्ने अाफुले नजानेकाे कारणले पनि उनी म्याग्दिका कार्यक्रमहरूमा खासै देखिदैनन कारण उनका गितले चर्चा नपायर भने हाेईन म्याग्दि जिल्लामा उनलाई धेरैले नचिन्नु कारण सानै देखिकाे काठमाण्डाै तिरकाे बसाइ पछि गाउँ नफर्किनु।
म्याग्दि जिल्लामा हुने मेला महाेत्सवमा उनलाई नसम्झिनुले पनि हेमन्त म्याग्दि जिल्लाका हुन भनेर कसैले चिन्दैनन उनी अन्य कलाकार जस्ताे मिडियामा अाउदैनन पनि उनका सृजनमा दर्जानाै गितहरूले निकै चर्चा पाईरहेकाे छ।
पहिलाे लाेक दाेहाेरी गित काचाे सुन्तला पछि क्रमश:कर्मे हाराकाे,म्याग्दि तिरैमा,रेलकाे ढाेका बन,कहिले तिम्राे बन्न सकिन,पराई ठानेपछि,भन्नू मात्रै भयाे,प्याराे लाग्छ गाउँ,रबिन्द्र अधिकारी श्रदाञ्जली गित,तिम्राे नै माया लाग्दछ साईली,खाेई सरकार,भाग्यमानि ए सानू,बालापन लगायतका चर्चित गितहरू हुन भने नक्कलि कान्छि सेलाे गित मात्र नभई लगभग उनकाे अावाजमा बिभिन्न बैक सरकारी कार्यालयहरूका बिज्ञापनमा ६० भन्दा बढि बिज्ञापनमा अावाज दिएका छन ।
आउनुहोस् उनको यति बेला बजारमा चलिरहेको चरचित गीत बालापन को भिडियो हेरौं