‘को बन्छ करोड पति’को पहिलो करोडपति को हुन् ? जान्नुहोस्

काठमाडौं / को बन्छ करोड पति’को पहिलो करोड पति बने पक्का  मोरंगका राजिब जैन भएका छन् ।

नेपालको ’को पहिलो करोड पतिमा आजको ४१ एपिसोडमा मोरंगका राजिब जैनले २५ लाख जिती सकेका छन् ,र समय आभाबका कारण कार्यक्रम पूरा हुन सकेन तर गोप्य स्रोतका अनुसार पहिलो को बन्छ करोडपति उनै राजिब जैन भएको खबर प्राप्त छ ।

एपिवान टेलिभिजन बाट प्रसारित कार्यक्रम को बन्छ करोड पति ले पहिलो करोड पति पाएको छ । को बन्छ करोडपतिको प्रथम सिजनको पहिलो करोडपति घोषणा बारे एसआरविएन मिडिया (को बन्छ करोडपति) परिवारले प्रोमो सहितको प्रेस वक्तव्य जारी गर्दै यसबारे जानकारी दिएको थियो । उक्त कार्यक्रम को बिशेष भाग शनिबार ८:३० मा प्रसारण भइसकेको छ तर करोडपति घोषणा भने गरिएको छैन त्यसको लागि आगामी भाग कुर्नै पर्ने हुन्छ ।

केबिसी द्वारा प्रसारण गरिएको प्रोमो मा भने १ करोड बिजेताको अनुहार गोप्य राखिएको छ । प्रोमोमा होस्ट तथा महानायक राजेश हमालले बिजयीले १ करोड जीतेको बधाई तथा हर्ष सहितको घोषणा गरेको देख्न सकिन्छ। एसआरविएन मिडिया परिवारद्वारा जारी विज्ञप्तिमा लेखिएको छःविश्वकै प्रख्यात टेलिभिजन रियालिटि शो “who wants to be millionaire” को नेपाली भर्सन “को बन्छ करोडपति” ले सगौरव ४० औं इपिसोड प्रशारण गरिसकेको छ । एपिवान टेलिभिजनबाट हरेक शनिवार, आइतवार र सोमबार सांझ ८ः३० बजे प्रशारण भइरहेको कार्यक्रमले पुर्व मेचीदेखि पस्चिम महाकालीसम्म सबै परविारलाई टेलिभिजन सेट अगाडि बसाउन सफल भएको छ ।

पछिल्लो समय हरेक घर, चोक, गल्ली बस्ती, विद्यालय तथा उच्च शिक्षा प्रदान गर्ने संस्थाहरुमा KBC कै चर्चा हुने गरेको जानकारी गराउन पाउदाँ एसआरविएन परिवार गौरवान्वित भएको छ ।दर्शकको अपार माया र साथ पाउँदा पाउँदै पनि केविसिको ४० औं इपिसोडसम्मको यात्रामा कुनै पनि प्रतियोगीले २५ लाखसम्म रकम जित्न नसक्दा केहि हदसम्म नैराष्यता उत्पन्न भएको महषुश भएकै हो । सामान्यतया केविसि नेपालमा सोधिने प्रश्न कठिन नै भएको हो त भनेर केविसि टिमलाई सोच्नै पर्ने अवस्था आउँदै लाग्दा एक जना प्रतियोगीले एक करोड रुपैयाँ जित्न सफल भएपछि केविसि नेपाल तथा एसआरविएन परविारलाई ज्ञानको भण्डार नै भाग्य चम्काउने एक मात्र अचुक उपाय हो भन्नेमा विश्वस्त तुल्याएको छ ।

एक करोडको यात्रा मात्रै तय नगरी एक करोड रुपैयाँ जित्न सफल भएका विषय यहाँको गौरवशालि संचारमाध्यमबाट जनसमक्ष सञ्चार गर्न पाउँदा केविसि नेपाल तथा एसआरविएन मिडिया परिवार ज्यादै हर्षित भएको छ । यो जीतसंगै “को बन्छ करोडपति” कार्यक्रमले आफ्नो पहिलो सिजनमै बहुप्रतिक्षित करोडपति पाएको छ ।

केविसि नेपालकी क्रियटिभ हेड सुरक्षा अधिकारी ज्ञानले नै को बन्छ करोडपति जस्तो कार्यक्रममा करोडको यात्रा तय गराउने कुरालाई स्थापित गरिसकेको बताउनुहुन्छ, उहाँ भन्नुहुन्छ “को बन्छ करोडपतिमा सहभागी हुने पहिलो र अपरिहार्य शर्त नै ज्ञान हो, प्रतियोगीमा जति धेरै ज्ञान हुन्छ त्यति नै रकम जित्न सफल हुने कुरा त स्पष्ट नै भइसकेको छ ।”