बिहानै आयो फेरि दु:खद खबर, सवारी दुर्घटनामा परी २ को ज्यान गयो !

काठमाडौं । सिरहामा बस र ट्रक एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको झापाबाट काठमाडौं आउँदै गरेको ना ८ ख ९८२ नम्बरको बस पश्चिमबाट आइरहेको ना ३ ख ४२६४ नम्बरको ट्रक एक आपसमा ठोक्किँएर दुर्घटना भएको छ ।

मिर्चैया नगरपालिकास्थित प्रयागपुर चोकमा बिहीबार राति दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेमा बसका चालक भोजपुरका हरीरण पहेली र झापाका मदनकुमार उप्रेती रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी २४ जना घाइते भएका छन्। घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ। उनीहरुलाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ।