चितवन १६ जेठ /
चितवनको रामपुरमा निर्माणाधिन गौतम बु्द्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काएपछि चौतर्फी यस घटनाको आलोचना र बिरोध भईरहेको छ । रंगशाला निर्माणका लागि लगाईएको बार नेकपाका स्थानीय नेतासमेत रहेका प्रकाश कँडेल, धुर्मस–सुन्तली फाउण्डेसनको साइट कार्यालयका घरबेटी सुरेन्द्र विकसहितका व्यक्तिहरुले रंगशालाको बार भत्काईदिए ।
घटनापछि उनीहरुलाई कारवाहीको दायरामा ल्याउनु पर्ने व्यापक दबाब आएसंगै बार भत्काउने काममा संलग्न रहेका केही हिजै प्रक्राउ परेका थिए भने फरार रहेका नेकपाका स्थानीय नेता समेत रहेका प्रकाश कँडेललाई पनि प्रहरीले प्रक्राउ गरेको छ । उनलाई पनि गएराती नै प्रक्राउ गरिएको हो ।
हाल उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । रंगशालाको बार भत्काउने कामको नेतृत्व नै कँडेलले गरेका थिए ।