सुपारी चाम्रोको टिम फेरी नयाँ गितको तयारीमा

एक दशक अघिको एउटा गित सुपारी चाम्रो,जुन गितले एकनारायण भण्डारीलाई कुशल सर्जक र विमलराज क्षेत्रीलाई लोकप्रिय गायकको रुपमा सबैमाझ परिचित बनाएको थियो । त्यहि गितमा सर्जक र गायक फेरी अर्को आशालाग्दो गित लिएर स्रोता दर्शक माझ आउने भएका छन ।

एकनारायण भण्डारीको उत्कृष्ट शब्द तथा संगितमा रहेको सो गितमा पनि सुपारी चाम्रोको जस्तै माया प्रेमलाई विषबस्तु बनाइएको छ । यो पटक गायिका भने अन्जु पन्त छिन जो आधुनिक विद्याकी चर्चित गायिका हुन ।

गितका शब्द यस्ता छन –

रुमालैमा छ मन्द मन्द ,
कपुर होईन मायाको सुगन्ध ,
बुट्टे रुमाल ।

निमार्ण युनिटले दिएका जानकारी अनुसार अहिले गितको म्युजिक भिडियोको काम भइरहेका छ । साथै केहि दिनमा गितलाई सार्वजनिक गर्ने तयारीमा रहेका छ ।