धुर्मुसले रेणु दाहालकै अगाडि रुदै भने : म झुन्डियर मर्छु ….( भिडियो सहित )

तीन करोड नेपालिको सपना थियो अन्तरास्ट्रिय कृकेट रंगशाला नेपालमै बनोस त्यही सपना पूरा गर्न आफ्नो व्याक्तिगत कामलाई पछाडी पार्दै देश र जनताको खुशिको लागि दौडिरहेका सिताराम कट्टेल र कुन्जना घिमिरे को काममा अवरोध पुराइयो । बुधबार को दिन करिब बिहान ६:३० बजे धुर्मुसकै आँखा अगाडि करिब ४ घन्टा लगायर १ किलोमिटर भन्दा माथिको बार भत्काइयको थियो ।

धुर्मुसले त्यहा आँखा भरी आसु पार्दै हेरिरहनु बाहेक अरु बिकल्प केही पनि थियन । एक जनाको मिलेमतोमा त्यो काम भयको होइन करिब १०० देखि २०० सम्मको मान्छेहरुको जमाथले त्यो घटना घटायको हो । त्यसै घटनालाइ लियर विभिन्न मिडियाहरु देखि करोडौ जनताहरु आक्रोशित छन । धुर्मुस मिडिया सामु रोइरहदा हर कसैको आखामा आँसु आउँछ ।

रंगशाला बन्दै गरेको ठाउमा रेणु दाहाल पनि पुगिन । त्यहा धुर्मुसले रेणु दाहाल कै अगाडि भने यदि मैले आफ्नो व्याक्तिगत स्वार्थको लागि गरेको हु भने म यहि अगाडि रुखमा झुन्डियर मरिदिन्छु । मलाइ दुई टुक्रा पारेर चिरेर हेर्नुस त्यहा इमान्दारिता र निस्वार्थ पन भेट्नुहुन्छ भन्दै रोइरहे धुर्मुस । अहिले रेणु दाहालले पनि साथ दिने प्रतिबद्धता गरेकी छिन ।

हेर्नुहोस भिडियो