जे. सागर / युएई
अहिलेसम्म त हाम्रो छोरो/छोरी ऊ त्यहीँ भित्र छ !
कुन झ्यालको छेउमा बसेको होला ? उसले हामीलाई देखेको छ कि छैन होला ?
हामीलाई भित्र जान दिंदैनन् ।
ए कठोर नियति ,फर्काइदे न मेरो मुटुको टुक्रालाई !
बाबा/आमा ….मैले सकिन छोडेर जान भनेर ढोकाबाट फुत्तै निस्केर आओस् न मेरो बाबू …
उफ्फ्फ…. अब एकैछिनमा भुरुरु उडेर जान्छ ! थाहा छैन कहिले फर्किन्छ !
थाहा छैन ऊ फर्किउन्जेल हाम्रो श्वासले हामीलाई पर्खिन्न या पर्खिन्छ !
जन्म दियौं ,कर्म दियौं तर माटो दिन सकेनौं !
तिमीलाई हिंड्दा ठेस नलागोस्,
तिम्रो पैतालामा काँडा नबिझोस् ,
तिम्रो भागको आँसु आधा अहिले नै झारिसक्यौं ,बाँकी पनि हाम्रो श्वास रहुन्जेल हामी नै झार्नेछौं !
तर तिम्रो ओठमा सधैं मुस्कान फक्रिरहोस् है बाबा
बाबू……………………… राम्रोसँग जाउ है ………….