सबैलाइ शुभकामना ! रमजानको अन्तिम दिन आज, विभिन्न कार्यक्रम गरेर समापन गरिँदै

आज रमजानको अन्तिम दिन अर्थात इस्लाम धर्मावलम्बीहरुको महान चाड इद उल फितर हो । चन्द्रमाको आकार यो पर्वको निर्धारणमा एकदमै महत्वपूर्ण हुन्छ त्यसकारण पनि इस्लामीक रीति अनुसार रमजानको अन्तिम दिन साँझमा सबैजनाले चन्द्रमा हेर्ने गर्दछन ।

जब ’हिजाल’ अर्थात् अर्धचन्द्राकार चन्द्रमा आकाशमा देखिन्छ त्योसँगै रमजान महिनाको कठिन व्रतको समापन हुन्छ । ईद उल फित्र पर्वको प्रारम्भ हुने गर्दछ । यो एउटा उत्साह, जीत र समानताको चाड हो ।

परिवार र समूदायका हरेक व्यक्ति धनी, गरीबहरूको अनुहारमा हाँसो र सदाचारका शुभेच्छाहरु भरीएका हुन्छन् । यिनै सदाचारका शुभकामनाहरू एक अर्कालाई अङ्गालोमा बेर्दै शुभकामना आदानप्रदान गर्ने गर्दछन् ।