मलाई बचाईदिनुस भन्दै बिष्णुमाया रुदा रसायो आँखा, विदेशका सहयोगी मनले पढाईदिए यस्तो सहयोग(भिडियो सहित)शेयर गरौ

सिन्धुली पिपलमादी, ८ लिम्बूतर घर भइ हाल भरतपुर ११ सल्लेरी टोलमा बस्दै आइरहनु भएका सुश्री–बिष्णुमाया वाईबा विगत ६ बर्ष देखि बोर्नम्यारो रोग बाट पीडित हुदै आइरहनु भएको हुँदा बिष्णु माया यतिबेला बानेश्वर स्थित Civil Hospital को बेडमा छट्पटीदै मृत्यु संग लडिरहनु भएको छ ।

डाक्टरको सल्लाह अनुसार बोर्नम्यारो प्रत्यारोपण गर्न सकिए बच्ने बताइएको भए पनि बोर्नम्यारो प्रत्यारोपणका लागी भने ३ महिना भित्र नेपाली रु २५००००० /- पच्चीस लाख जम्मा गर्नुपर्ने भनिएको छ तर बिष्णु मायाको घरको स्थिति पनि एकदमै कमजोरी रहेको हुदा/घर बाट त्यति धेरै रकम जुटाउन सक्ने अवस्थ नभएको हुँदा बिष्णु मायाले देश तथा बिदेशमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा हृदय देखि सहयोगको अपिल गरिरहेको हुँदा सहयोग कहिलै सानो/ठुलो हुदैन त्यसैले जति सक्नु हुन्छ त्यतिनै सहयोग गरिदिनु हुन विनम्र अनुरोध गर्दा छौँ ।

सक्नु हुन्छ मन देखि सहयोग गर्नुस् सक्नु हुन्न भनेपनि कमसेकम आफ्नै दिदिबहिनी सम्झिएर १ सेयर गरी सहयोगी नेपाली मन सम्म पुर्याइदिनुहोला ।

भिडियो–